बागमती प्रदेश

काठमाडौंँ महानगरपालिका प्रमुख शाक्यलाई कोरोना सङ्क्रमण 

काठमाडौँ ।काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख शाक्यको सचिवालयका अनुसार उनको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो ।
हाल प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन । उनमा कोभिड –१९ का कुनै लक्षण नदेखिएको कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ । उनकी पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *