बागमती प्रदेश

बाग्मती प्रदेशका आन्तरिक मामिला सचिवलाइ काठमाडौ छिर्न रोकियो

 काठमाडौं । सुरक्षाकर्मीहरुले काठमाडौमा प्रवेशमा कडाइगर्दा बागमती प्रदेशको आन्तरिक मामिला (गृह,कानून तथा सञ्चार) मामिला हेर्ने मन्त्रालयका सचिव मदन भुजेल केही दिन अघि पौने आठ बजे दक्षिणकालीमाथि हुमाने भञ्ज्याङ्मा झण्डै दुई घण्टा रोकिएका छन् ।

हेटौंडाबाट बडिगार्डसहित काठमाडौं  फर्कदै गर्दा पास बिनाका भुजेललाई सुरक्षाकर्मीले आवश्यक सोधपुछको निम्ति दुई घण्टा रोकेको बताइन्छ । कोरोना संक्रमणको कारण उपत्यका भित्रिने र बाहिरिने सवारी साधनमा कडाईसङ्गै सुरक्षाकर्मीले कर्तव्य पालना गर्दा उनी दुई घण्टा रोकिएका थिए । पछि गृहमन्त्रालयले उनलाई आउन दिनु भनेपछि मात्रै काठमाडौ छिरेका हुन् ।

झापाका भुजेल यसअघि कपिलवस्तु र बाँकेमा सीडीओ थिए । यसअघि बागमती प्रदेशको योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत पनि मकवानपुरका प्रजिअ दिपक नेपालसङ्ग उपत्यका छिर्ने पास (अनुमति) लिन गएको बेल सीडीओ कार्यालयका एकजना सुब्बाले ‘न मलामी,न बिरामी’ लाई के को पास चाहियो भन्दै पास रोकेको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *