काठमाडौं । नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृ शोक परेको छ । ८४ वर्षीय खड्गबहादुर बस्नेतको गय राति निधन भएको हो ।
लामो समयदेखि दमको विरामले ग्रसित बस्नेतको मनामोहन कार्डियोथेरासिक भास्कुलर एवं ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले बताएको छ ।
स्वर्गीय बस्नेतको पार्थिब शरिर काठमाडौंबाट गृहजिल्ला सिन्धुपाल्चोक लगिएको छ । उहाँको दाहसंस्कार बाह्रविसेको सुनकोशी दोभानमा गरिने पारिवारीक स्रोतले जनाएको छ ।




