बागमती प्रदेश

हेलम्बुका शिक्षकले पाए उपचार खर्च

सिन्धुपाल्चाेक। हेलम्बु गाउँपालिकाले एक शिक्षकलाई उपचार खर्च उपलब्ध गराएकाे छ । सरस्वती माबि ग्याल्थुमका शिक्षक किशाेर कुमार भट्ट लाई ५१ हजार चार सय २१ प्रदान गरिएको हाे। पित्त थैलिको अप्रेसन गरेका भट्टलाइ बिल अनुसार रकम उपलब्ध गराइएको थियाे । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार उक्त रकम उपलब्ध गराइएकाे हेलम्वु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

गाउँपालिकामा कार्यरत शिक्षकहरुको प्रत्येक महिनाको तलबबाट रु १०० र गउँपालिकाको तर्फबाट रु १०० थपेर गाउँपालिको शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोष खडा गरेको छ । सोही कोषबाट शिक्षकलाइ उपचार खर्च उपलब्ध गराएने  शिक्षा प्राविधिक विश्वनाथ भण्डारीले बताए ।
कोषमा गाउँपालिकाले सुरुमा १० लाख दिएको छ भने प्रत्येक स्थायी शिक्षकले वार्षिक १२ सय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएकाे छ ।  अस्थायी र करारमा रहेका शिक्षकलाई अवकाश कोष स्थापना गर्ने नीति लिएको छ । कोषमा प्रत्येक शिक्षकले मासिक पाँचसय जम्मा गर्नुपर्ने र गाउँपालिकाले प्रत्येक अस्थायी र करार शिक्षकका लागि वार्षिक ६ हजार जम्मा गरिदिने नियम छ। बीचैमा पेशाबाट बाहिरिनुपर्दा उनीहरूले अवकाश कोषबाट रकम पाउँछन् ।

इसिडी कक्षामा पढाउने शिक्षकलाई सरकारले दिने ६ हजार तलबमा गाउँपालिकाले चार हजार थपेर १० हजार दिने व्यवस्था मिलाएको छ । उनीहरुलाई पोशाक भत्ता १० हजार पनि प्रदान गरिने नीति लिएको छ । लेखामा काम गर्ने शिक्षक र प्रअलाई थप भत्ताको व्यवस्था गरिएको छ । हेलम्बुमा दुई सय २५ शिक्षक कार्यरत छन् ।

गाउँपालिकामा शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोषको संयोजक गाउँपालिका अध्यक्ष र सदस्य सचिवमा शिक्षा अधिकृत रहने गरि ७ सदस्यीय समिति छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *