काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले आगामी शुक्रबार (पुस ४) अपराह्न ४ बजे विश्वासको मत लिने तयारी गरेका हुन् ।
यसका लागि मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
सचिवालयलाई पठाइएको पत्रमा उनले तोकिएको मिति र समयमा प्रदेश सभाको बैठक बोलाई विश्वासको मतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् ।
मुख्यमन्त्री यादवले सरकार गठनपछिको राजनीतिक अवस्था र समर्थनको अवस्थालाई मध्यनजर गर्दै विश्वासको मत लिन लागेका हुन् ।




