काठमाडौं। मधेश प्रदेश सभा आज सुरु भएको छ। सभामुखविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ।
प्रदेश सभामा मधेश प्रदेशका अन्य प्रतिनिधि उपस्थित नभएका कारण नेकपा एमालेका सदस्यले नियम उल्लङ्घन भएको दाबी गरेका थिए। त्यसपछि उपसभामुखले सत्तापक्षका प्रतिनिधि उपस्थित गराउन निर्देशन दिँदै बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।
सत्तापक्षतर्फ नेकपा एमालेकी शारदा थापा मात्रै प्रदेश सभा सदस्यको रूपमा उपस्थित रहिन्।




