देश

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री सोनलले एक समारोहका बीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ ग्रहण गरेका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल बुधबार साँझ पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनीलाई नागरिक उन्मुक्ति पार्टीको एक सिटले समेत समर्थन गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *