मधेश प्रदेश

सभामुख मण्डलको नेतृत्वमा मधेस बजेट त्रुटि छानबिन गर्न ६ सदस्यीय कार्यदल गठन

जनकपुर।मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा त्रुटि भएको भन्दै त्यसको छानबिनका लागि प्रदेश सभामा ६ सदस्यीय कार्यदल गठन गरिएको छ।

प्रदेश सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा गठित कार्यदलमा सत्तापक्ष, प्रतिपक्ष र सरकारका प्रतिनिधिहरू सहभागी छन्। समितिमा प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, नेकपा (माओवादी केन्द्र)का जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का कनिष पटेल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, र भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव सदस्य छन्।

बजेटमा गम्भीर त्रुटि भएको भन्दै प्रतिपक्षी दलहरू निरन्तर बैठक अवरुद्ध गर्दै आएका छन्। यस्ता दाबीहरूको छानबिन गर्न गठित समितिले वस्तुगत अध्ययन गरी प्रतिवेदन पेस गर्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *