मधेश प्रदेश

मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा दिने घोषणा

काठमाडौं । मधेश प्रदेश सरकारले जानकी नवमी र कबीर दास जयन्तीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा भोलि  जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ। चैत २२ गते प्रकाशित मधेश राजपत्रमा आधारित रहेर यो निर्णय गरिएको हो।

त्यसैगरी, जेठ २८ गते बुधवारका दिन पर्ने कविर दास जयन्तीमा पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका उपसचिव गणेश नायकले जानकारी दिए ।

मधेश प्रदेशमा संस्कृतिक महत्वका चाडपर्व मनाउने क्रमसँगै यस्ता बिदा घोषणा गरिँदै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *