देश

कमला नदिको पुन निर्माण गर्न माग राख्दै इन्जिनियरहरु आन्दोलनमा

काठमाडौं । हुलाकी राजमार्ग अन्र्तगत सिरहा र धनुषामा हुलाकी राजमार्ग कालोपत्रे भइसकेपनि सिरहा–धनुषा जोड्ने कमला नदीको पुलको निर्माण कार्य सम्पन्न नभएपछि इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् ।

लामो समयसम्म कमला नदिको पुलको निर्माण कार्य सम्पन्न हुन नसकेपछि विकासमा बाधा पर्नुका साथै स्थानीयहरु मारमा परेको बताउँदै उनीहरुले कमला नदीमा नयाँ पुल निर्माण गर्नुपर्ने मागसहित आन्दोलनका कार्यक्रमहरु थालेका हुन् । इन्जिनियरहरूले सिरहा नगरपालिकाका इन्जिनियर प्रवीण कुमार यादवको संयोजकत्वमा संघर्ष समिति गठन गरेर आन्दोलन थालेका छन् ।

उनीहरुले साउन २४ मा समितिको आह्वानमा सिरहा सदरमुकाममा प्रदर्शन गरेका थिए । उक्त आन्दोलनमा जम्मा भएर उनीहरुले हस्ताक्षर समेत संकलन गरेका छन् । कमलामा नयाँ पुल निर्माणका लागि मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाउने समितिको तयारी गरेको छ । इन्जिनियरहरू आजै कमला नदीबाटै हुलाकी राजमार्ग भएर जनकपुरधामसम्म पैदल मार्च गर्ने घोषणा गरेका छन् ।

सिरहा नगरपालिकामा सब–इन्जिनियर पदमा कार्यरत प्रदीप यादवले, ‘इन्जिनियर एशोसिएनको चुनाव आउन लाकेको बताउँदै त्यसका लागि बैठक बसेको उल्लेख गरे । उक्त बैठकपछि विकास निर्माणका कार्यलाई तिव्रता दिन र देखिएका समस्या समाधानका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन कै लागि आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको उनको भनाइ छ ।

इन्जिनियरहरुले पिलर भाँसिएर अलपत्र परेको पुलको इस्टिमेट र डिजाइन नै गलत रहेको बताएका छन् । कमला नदीमा महेन्द्र राजमार्गमा ७ सय मिटरको पुल रहेको छ । अहिले भासिएको पुलको लम्बाई मात्र ४ सय मिटर मात्र भएकाले पुलको पुनः निर्माण गर्नुपर्ने इन्जिनियरहरुको माग छ ।

नयाँ पुल निर्माणका लागि भोली मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै माग पुरा गर्न सात दिने अल्टिमेटम दिने उनले जानकारी दिए । माग पुरा गर्न मुख्यमन्त्री तयार नभए मुख्यमन्त्री कार्यालयमा आमरण अनसन बस्ने निर्णय समेत समितिले निर्णय गरेको छ ।

आन्दोलनमा सिरहाका युवा, बुद्धिजीवी र जनप्रतिनिधिहरूले समर्थन जनाएका छन् । सब इन्जिनियर यादवले सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजीत कुमार यादव, सिरिहा नगरपालिका १२ का भोगेन्द्र साह, इन्जिनियर शैलेश गोइत, इन्जिनियर रुपेश कुमार यादव, इन्जिनियर शिवशंकर यादव र सिरहा नगरपालिका २ का मनिष कुमार यादव आमरण अनसन बस्ने घोषणा पनि गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *