काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीलाई जनमत पार्टीले मन्त्रिहरुको संख्या बढाएको भन्दै स्पष्टीकरण सोधेको छ । मन्त्रीको संख्या २० पुर्याएको विषयमा असहमति जनाइरहेको जनमत पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई शुक्रबार स्ष्टीकरण सोधेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले साउन २२ गते ५ राज्यमन्त्री थपेसँगै मधेशमा २० सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको छ । सरकारमा सामेल भएको जनमत र मुख्मन्त्रीको अहिले चौतर्फी आलोचना भएको छ । उक्त विषयमा सामाजिक संजालदेखी मिडियासम्म आलोचना भएको सुचना पाएपछि जनमतले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।
मुख्यमन्त्री सिंहले पार्टीलाई जानकारी नगराई राज्यमन्त्तीको संख्या वुद्धि गरेपछि उनलाई स्पष्टीकरण सोधिएको जनमतका प्रवक्ता डा. मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोध्नुपरेकोे बताए । मुख्यमन्त्री सिंहले सर्वोच्चले सांसद कोषलाई नबियुत्याउन भने पनि मुख्यमन्त्ती भएका सिंहले सांसदहरुलाई पाँच करोड उपलब्ध गराउने विषयमा समेत मुख्यमन्त्ती सिंहलाई जनमतले स्पष्टीकरण सोधेको छ । आलोचना भएपछि जनमतका अध्यक्ष डा. सीके राउतले मुख्यमन्त्रीको बचाउ गर्दै जनमतले मात्र केही गर्न नसक्ने अभिव्यक्ती दिएका थिए ।




