जनकपुरधाम । मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी र एमाले बाहेकका पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले मन्त्रीहरूले अहिलेसम्म राजीनामा नबुझाएकाले उनीहरूलाई बर्खास्त गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू आज बिहान मुख्यमन्त्रीको निवासमा पुगे पनि उनीहरूले राजीनामा नदिई फर्केका थिए । मधेसमा जनमत र एमालेबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्री छन् ।




