देश

अविरल वर्षाले जलमग्न बन्यो जनकपुरधाम

काठमाडौँ । अविरल वर्षाले जनकपुरधाम जलमग्न भएको छ ।

लगातार परेको झरीले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम जलमग्न बनेको हो ।

मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी जमेको छ ।

अव्यवस्थित सडक तथा नालाको कारण जनकपुरधाममा पानी निकासमा समस्या उत्पन्न हुँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *