मधेश प्रदेश

बैठक चल्दा मोबाइल गेम नखेल्न सांसदलाई सभामुखको रुलिङ

काठमाडौं । मधेश प्रदेशसभामा विधेयकमाथि चलफल चलिरहँदा सांसदहरू मोबाइलमा व्यस्त रहेपछि सभामुखले रुलिङ नै गरेका छन् । आइतबार प्रदेशसभामा स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल जारी छ । छलफल चलिरहँदा उपस्थितमध्ये अधिकांश सांसद मोबाइलमा व्यस्त देखिए । जबकी प्रदेशसभामा मोबाइल निषेध छ ।

कानून कस्तो बनाउने जस्तो गम्भीर विषयमा छलफल चल्दा पनि धेरै सांसदले मतलब नराखेको टिप्पणी बढ्ने गरकेो छ । सांसदहरू कोही मोबाइल गेम (क्यान्डीक्रस) मा व्यस्त हुन्छन्, कोही सोसल मिडिया हेरेर समय काट्छन् । कानून बनाउने सांसदहरु नै सदनको मर्यादा उल्लंघन गर्दा सभामुख रामचन्द्र मण्डलले रुलिङ गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *