मधेश प्रदेश

मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त, केही समयपछि सपथग्रहण कार्यक्रममा सहभागी हुने

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सिंह भण्डारीले जनमत पार्टीका सांसद सतिश सिंहलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश कार्यालयबाट नियुक्ति पत्र प्राप्त भएको नवनियुक्त मुख्यमन्त्री सिंहले जानकारी दिए । केहि समयपछि मुख्यमन्त्री सिंह सपथग्रहण कार्यक्रममा सहभागि हुनेछन् । सिंहले प्रदेश प्रमुखको कार्यालयमा ६ दलका ५५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई मुख्यमन्त्रीमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *