मधेश प्रदेश

मधेश प्रदेश सरकारमा वन मन्त्रालयको जिम्मेवारी पाएको भन्दै साहको असन्तुष्टि

काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद साहले आफूलाई वन मन्त्रालयको जिम्मेवारी पाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

अर्थ मन्त्रालय लिने अडान लिएका माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मुख्यमन्त्री सरोज कुमार यादवले आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएपछि उनले असन्तुष्टि जनाएका हुन् ।

मुख्यमन्त्रीको कार्यविभाजनको सिफारिस अनुसार मधेश प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरेपछि मात्र साहले वन मन्त्रालयको जिम्मेवारी पाएको बताएका छन् । उनका अनुसार मधेश प्रदेश प्रमुखले उनलाई जिम्मेवारी दिनुभन्दा पहिला जानकारी नगराएका हुन् । साहले मुख्यमन्त्रीले विश्वासको मत लिनु पूर्व गरेको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै वन मन्त्रालय नस्वीकार्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *