मधेश प्रदेश

मधेश सरकारबाट बाहिरिने लोसपाको तयारी, मन्त्री कुर्मीले दिए राजीनामा

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी थालेको छ ।

लोसपाबाट प्रदेश सरकारको मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिइसकेका छन् । मन्त्री कुर्मीको राजीनमा आज नै स्वीकृत भएको छ । उक्त मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हालेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी भएपनि जनमत पार्टीको अवरोधपछि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *