देश

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको शपथ

महेन्द्रनगर (धनुषा)। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सो अवसरमा मुख्यमन्त्री यादवले नव नियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *