काठमाडौं । वीरगन्जमा दुई समुदायबिच उत्पन्न भएको विवाद सुल्झाउन बसेको सर्वदलीय बैठककले विवाद समाधानका लागि पाँच बुँदे सहमति गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय पर्साले सर्वदलीय बैठकले मार्फत ५ बुँदे सहमति विवाद समाधान गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
दुई पक्षीयबीच भएको सहमतिको पहिलो बुँदमा सयौँ वर्षदेखि कायम रहेको दुई समुदायबिचको एकतालाई अझ मजबुत गराइ, एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पर्ने प्रतिबद्धता जनाइएको छ ।
दोस्रो बुँदामा एक अर्काको आस्था केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै त्यस्ता स्थानहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्नेरनगराउने, यस किसिमको गतिविधि गर्ने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।





