काठमाडौं । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मधेशमा २४ सांसद भएको एमाले सबभन्दा ठूलो दल हो । एमालेले नै जसपा संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री बनाएको थियो । तर सत्ता परिवर्तनसँगै कांग्रेस सरकारमा सहभागी बने र एमाले सरकार छाडे ।
सरकार छाडे पनि एमालेले समर्थन फिर्ता लिएन । मुख्यमन्त्री यादवलाई दोस्रो पटक पनि विश्वासको मत दियो । तर मुख्यमन्त्रीले जनताको आकांक्षा बमोजिम काम गर्न नसकेको निष्कर्ष निकाल्दै एमाले सरकारबाट समर्थन फिर्ता लिन लागेको जनाएको छ ।




