देश

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालका लागि कर्फ्यु जारी

काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ ।सरस्वती मूर्ति बिसर्जनका क्रममा इशनाथ नगरपालिकाको मोतीपुरमा दुई पक्षबीच बिहीबार विवाद र झडपको अवस्था सिर्जना भएको र शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले अनिश्चितकालका लागि कर्फ्यु लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको हो । कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न प्रतिबन्ध लगाइएको जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *