मधेश प्रदेश

मधेशका मुख्‍यमन्त्री यादवले आइतबार विश्वास मत लिइदैँ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिने भएका छन् । उनलाई तत्कालै विश्वासको मत दिने विषयमा केन्द्रीय गठबन्धनमा सहमत भएको हो । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको हो ।

आइतबार विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव छन् । आइतबार विश्वासको मत लिने गरी मधेश प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले बिहीबार पत्र पठाइसकेका छन् । यसअघि विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो । मधेश सरकारआलोपालो सरकार चलाउने विषयमा पछि बैठकमार्फत छलफल हुनेछ । मधेशमा जसपाका यादव मुख्यमन्त्री छन् ।

माघ ९ गते जनमतका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि ३० दिन भित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु पर्ने कानुनी बाध्यता छ । अगामी फागुन ९ गते भित्र विश्वासको लिइ सक्नु पर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *