मधेश प्रदेश

कांग्रेस मधेस प्रदेश सम्मेलनको बन्दसत्र जारी

जनकपुर । नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र जारी छ ।

जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र जारी छ ।

बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् ।

प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेको छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *