काठमाडौं । गत तीन महिनादेखी तलब नपाएपछि जिल्ला हुलाक कार्यालय धनुषाका कर्मचारीले आन्दोलन थालेका छन् ।
लामो समय कर्मचारीलाई तलब नदिएपछि धनुषा हुलाकका कर्मचारीहर आन्दोलीत बनेका हुन् । उनीहरुले पहिलो चरणको आन्दोलनअन्तर्गत उनीहरू कार्यालय अगाडि काम ठप्प पारेर धर्नामा बसेका छन् । चाडपर्वको मुखमा तलब नदिएको भन्दै आन्दोलनका बस्न बाध्य भएको कर्मचारी मनिता महतोको भनाइ छ ।
तलबका लागि बारम्बार कार्यालय प्रमुखसँग आग्रह गरेपनि कार्यालय प्रमूखले वेवास्ता गरेको भन्दै आन्दोलनमा उत्र्रिन बाध्य भएको उनको गुनासो छ ।जिल्ला हुलाक कार्यालयमा रहेका ५० जनाबढी कर्मचारीले तत्काल तलबको व्यावस्था मिलाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।




