काठमाडौं । मधेश प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । नेकपा एमालेले सरकारले मनपरी गरेको भन्दै सांसदहरुले सोमबारको प्रदेशसभा बैठक अवरुद्ध पारेका हुन् ।
एमाले सांसदहरुले सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै उठेर विरोध जनाएका थिए । सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री पछि हटेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उठेर विरोध गरिरहेका एमाले सांसदहरुलाई बस्न सभामुख मण्डलले पटक पटक आग्रह गरेका थिए । तर, उनीहरु मुख्यमन्त्री वा सरकारबाट जवाफ नआएसम्म बैठक अवरुद्ध गर्ने भनेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । ‘सबै दलका नेतालाई राखेर मुख्यमन्त्रीले सहमति गरेको १५ दिनको समय मागेको पनि अहिलेसम्म महिनौं बित्दा पनि चासो नदिएपछि एमाले सांसदहरुले अवरोध जनाएका हुन् ।




