मधेश प्रदेश

मधेश प्रदेश : सातौं पटक मन्त्री परिषद पुनर्गठन

काठमाडौं । मधेश प्रदेश सरकारले सातौं पटक मन्त्री पुनर्गठन गरेको छ ।

चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन जनमतको भागमा रहेको शिक्षा तथा समाजक कल्याण मन्त्रालय फुटाएर एक मन्त्रालय थपेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज शुक्रबार विज्ञप्ति प्रकाशित गरि कार्यविभाजन सार्वजनिक गरेका हुन् ।

मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाएको छ । सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाजक कल्याण मन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्रीले मनपरी ढंगले आफ्नो भागको मन्त्रालय फोडेको भन्दै जनमत पार्टी असन्तुष्ट जनाएकाे छ । बुधबारको समेत क्याबिनेट बैठकमा मन्त्रालय फोड्ने र कार्यविभाजनको प्रस्ताव नै नल्याइ मुख्यमन्त्रीले चोरबाटोबाट त्यसो गरेको जनमतका मन्त्री महेश प्रसाद यादवले दावी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *