काठमडौं । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सांसद यादव सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित भएका थिए । उनलाई सोमबार प्रहरीले राजविराज नगरपालिका– ७ बाट पक्राउ गरेर अदालतमा पेश गरेको थियो ।अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार सांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पश्चात उनलाई थुनामा लगिएको हो ।
सांसद यादवले १६ वर्षअगाडि माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या गरेको आरोपमा उनलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।




