काठमाडौं । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला–पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलिदिएका छन् । अपरिचित महिला र पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेको स्रोतले जनाएको छ ।
हिन्दूवादी महिला मञ्जु मण्डलका अनुसार हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले कालोमोसो दलेर प्रहरीमा बुझाएको हो । कालोमोसो दलिएका महिला र पुरुष अहिले प्रहरी कार्यलयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।




