धनुषा ।मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री सञ्जय यादवले ४६ अर्ब ९२ करोड ११ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
प्रदेशसभामा अर्थमन्त्री यादवले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २० अर्ब ९२ करोड १५ लाख र पुँजीगततर्फ २० अर्ब ९२ करोड १५ लाख बजेट विनियोजन गरेको बताए ।




