काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि जेष्ठ ३२ गतेका लागि बोलाइएको बैठक आजै बोलाएर विश्वासको मत लिने तयारीमा जुटेका हुन् । प्रदेश सभा सचिवालयका अनुसार प्रदेशसभाको आकस्मिक बैठक मङ्गलवार साँझ ५ बजे बोलाइएको हो ।
एमालेसहितका दलको समर्थनमा गत पुस २७ गते यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएर जेठ १ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आजै विश्वासको मत लिन लागेका हुन् ।
मङ्गलवार बिहान मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक बसेको आजै विश्वासको मत लिनुपर्ने वाध्यता सिर्जना भएपछि मंगलबार साँझ ५ बजेका लािग सो बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालले जनाएको छ ।




