मधेश प्रदेश

बारा २ मा उपेन्द्र यादवको सुरुवाती अग्रता, रमेश खरेल चौथो

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बारा २ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ । पाँच सय मत गन्दा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत पाएका छन् ।

जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० र एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् ।
करैया गाउँपालिका १ बाट मतगणना सुरु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *