मधेश प्रदेश

मधेसका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।

आयोगले आइतबारका दिन बारा-२ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत हुने गरी मुख्यमन्त्री यादवलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो ? भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

आयोले भनेको छ- ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा ब्यवस्था सरकारी हो, होइन ? तपाईको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने ? भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *