काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ ।
यसअघि बेटी पढाउँ अभियान चलाएको मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष भने कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने घोषणा गरेको छ ।
प्रदेश सभामा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । त्यस्तै कक्षा ८ का विद्यार्थीलाई साइकल दिने नीति समेत सार्वजनिक गरेको छ ।
त्यस्तै आयोजनाहरुलाई प्रादेशीक आयोजना वैंकमा राख्नुपर्ने, दुधजन्य र मासुजन्य बस्तुमा आत्मनिर्भर हुने, बगर खेतीलाई प्रोत्साहन गर्ने, सबै सडकहरुमा रुख रोप्ने लगाएतका योजना प्रदेश सरकारले अघि सारेको छ ।




