काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयका अनुसार राजनीतिक दलका तर्फबाट १० जना र ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उपमहानगरपालिकामा सत्तारूढ गठबन्धन, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एमालेको तर्फ मेयर र उपमेयरले उम्मेदवारी दर्ता गराएका हुन् ।




