राजनीति

वीरगञ्जको मेयरका लागि १२ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयरमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरका लागि १२ जना, वडाध्यक्षमा एक महिलासहित २० जना, खुला सदस्यमा एक महिलासहित २९ जना, महिला सदस्य १० जना, दलित महिला सदस्य ६ जना गरी कुल ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरका लागि नेमकिपा, नेपाल सद्भावना पार्टीका उम्मेदवारले मात्रै आइतबार मनोनयन दर्ता गराएका छन् भने १० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार पनि उम्मेदवारी मनोनयन दर्ताको समय बाँकी रहेका कारण मुख्य राजनीतिक दलले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *