काठमाडौं । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सबैलाको बरकुर्वामा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चार बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ ।




