राजनीति

स्थानीय निर्वाचनः मट्टीहानी नगरपालिका प्रमुखमा दुई पत्रकारको चर्चा

महोत्तरी । महोत्तरीको मट्टीहानी नगरपालिका प्रमुखमा दुई पत्रकारको चर्चा चलेको छ । बहालवाला नगर प्रमुख तथा पत्रकार महासंघ महोत्तरीका पूर्वसभापति हरिप्रसाद मण्डल र अहिलेका सभापति कमलेश मण्डलबीच प्रमुखमा चर्चा चलेको हो ।

अघिल्लो निर्वाचनमा तत्कालीन राजपाबाट नगर प्रमुख जितेका हरिप्रसाद अहिले लोसपामा छन्। बहालवाला पत्रकार माहासंघ महोत्तरीका सभापति कमलेश कांग्रेस निकट मानिन्छन् । नगर प्रमुख हरिप्रसादले पार्टीले टिकट दिए दोहोरिने संकेत गरेका छन् भने पत्रकार कमलेश मण्डल कांग्रेसबाट टिकट पाउने आशमा छन् ।

मण्डलद्वयको जनस्तरमा आफ्नै लोकप्रियता छ । मट्टीहानी नगरपालिकाको सामाजिक, सांस्कृतिक र भौतिक विकासमा नगर प्रमुखको भूमिका महत्वपूर्ण भएको हुनाले पनि लोसपाले फेरि एकपटक नगर प्रमुख हरिप्रसाद मण्डललाई नै टिकट दिने सम्भावना बढी छ ।

नगर प्रमुख हरिप्रसाद मण्डल दोहोरिने नदोहोरिने पार्टीले निर्णय लिने बताउँछन् । उनी अहिले टिकटभन्दा पनि विकासका कार्यमा सक्रिय भइरहेको बताउँछन् । कमलेश मण्डलले भने आफू नगर प्रमुखको अकांक्षी भएको बताउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *