काठमाडौं । भारततर्फ बेच्न लैजाँदै गरेको दुई हात्ती सहित माउतेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ हात्ती लैजाँदै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट खटिएको टोलीले दुई व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन जितपुर बुदिराम महतो र राजु कुमाल र पर्सा पकहामैनपुरका सफरोज आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाएको छ ।




