मधेश प्रदेश

मधेस प्रदेशसभाको बैठक फेरि सारियो

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकोमा प्रदेशसभा सचिवालयले आज सूचना गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो ।

यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो । बैठकमा ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *