मधेश प्रदेश

विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल फिर्ता

काठमाडौ । सर्लाहीमा विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।

सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयले विभिन्न स्थानबाट हराएकामध्ये ६ वटा पल्सर मोटरसाइकल फेला पारी आज बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीका अनुसार यस कार्यालयले अहिलेसम्म १५ वटा मोटरसाइकल धनीलाई जिम्मा लगाइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *