प्रदेश

पर्सामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा बालिकाको मृत्यु

काठमाडौं । पर्साको जिराभवानीपुर गाउँपालिका–४ मा हिजो साँझ ट्याक्टरमा मोटरसाईकल ठोकिदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार बालिका रहेकी छन् । र्दुघटना एक जना घाइते भएका छन् ।

ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा बा ५५ प ६५२८ नम्बरको मोटरसाईकल हिजो साँझ ६ बजे ठोकिएको थियो । दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका ४ की ३० वर्षीया विद्या देवी र उनकी ४ वर्षीया छोरी अन्यालाई उपचारको लागि अस्पताल लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो ।

विद्या देवीको नारायणी अस्पताल विरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।