समाचार

प्रदेशको नाम र राजधानी टुंगो लागेको भन्दै मंगलबार सार्वजनिक विदाको घोषणा

काठमाडौं । प्रदेशको नामकरण र राजधानीको टुंगो लागेको खुसियालीमा मधेश प्रदेशमा मंगलबार सार्वजनिक विदा दिइने भएको छ ।

प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुरधाम भएको भन्दै प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गर्दै फेसबुकमा लेखेका छन्,‘मधेस प्रदेश र राजधानी जनकपुर भएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा ।’

चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *