जनकपुर । प्रदेश नम्बर दुईको नाम र स्थायी राजधानी टुङ्गो लगाउन समिति गठन गरिएको छ ।
प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन भएको हो ।
समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव छन् । त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह, जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह छन् ।
प्रदेश नम्बर दुईको नामाकरणका लागि यसअघि चार वटा नाम प्रस्ताव भएका छन् । जसपाका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका अध्यक्ष भरत साहले मधेश प्रदेश नाम प्रस्ताव गरेका छन् भने लोसपाका सांसद रानी तिवारीले सो नाममा समर्थन गरेकी थिइन् ।
नेकपा एकीकृत समाजवादीले जानकी प्रदेश र नेपाली कांग्रेसले भने मिथिला भोजपुरा नाम प्रस्ताव गरेका छन् ।




