समाचार

दाँतै भाँच्चिनेगरी जनप्रतिनिधिबिच कुटाकुट

सप्तरी । जनप्रतिनिधिबीच झडप हुँदा एक जनप्रतिनिधिको दाँत भाँचिएको छ ।

सप्तरीमाको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दाँत भाँचिएको हो ।

कुटाकुटमा अध्यक्ष सूर्यनारायण मण्डलको दुई वटा दाँत भाँचिएको छ । उपाध्यक्ष उषाकुमारी मण्डललाई पनि हातमा चोट लागेको जनाइएको छ ।

गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *