समाचार

लक्ष्मीपुजाकाे दिन २५ ठाउँमा आगलागी,८ जना घाइते

काठमाण्डाैं । लक्ष्मी पुजाकाे एकै दिन देशकाे २५ ठाउँमा २५ ठाउँमा आगलागी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार इलाम, झापा, मोरङ, उदयपुर, सोलुखुम्बु, सप्तरी, सिरहा,धनुषा, मकवानपुर, काठमाडौं, भक्तपुर,बझाङ, लमजुङ, बाजुरा र अछामका विभिन्न स्थानमा आगलागी भएको हो ।यी आगलागीहरूमा परि ८ जना घाइते भएका छन् ।

काठमाडौंको अनामनगरस्थित एउटा घरमा सञ्चालित फर्निचर शोरुम र कस्मेटिक पसलमा लक्ष्मी पुजा गरेको दियोबाट आगो सल्किँदा ५६ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

यसैगरि, सर्लाहीको ईश्वरपुर-७ स्थित ब्रम्हबाबा चोकमा रहेको ट्रयाक्टर शोरुममा लक्ष्मी पुजा गरेको दियोबाट आगो सल्किँदा ५५ लाख रुपैयाँबराबरको क्षति भएको छ भने सिरहाको धनगढीस्थित आधारभूत विद्यालयमा मैनबत्तीबाट आगो सल्किँदा ३ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

यसैगरि, उदयपुरको गाईघाट बजारस्थित एक रिकन्डिसन हाउसमा आगलागी हुँदा त्यहाँ रहेका करिब ३२ वटा मोटरसाइकलसमेत जली करिब ४० लाख रुपैयाँको क्षति भएको प्राधिकरणले उल्लेख गरेको छ । राससले भने उक्त आगलागीमा डेढ करोड रुपैयाँको क्षति भएको जनाएको छ । प्राधिकरणका अनुसार इलामको देउमाइ-२ महवीरस्थित एक घरमा आगलागी हुँदा त्यहाँ रहेको दूध डेरी, किराना पसल र घरसमेत नष्ट हुँदा करिब ६१ लाख ५ हजार रूपैयाँबराबरको क्षति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *