मधेश प्रदेश

विश्वविद्यालय खोल्न प्रदेश -२ ले ल्यायो अध्यादेश

जनकपुरधाम । प्रदेश २ सरकारले दुईवटा विश्वविद्यालय खोल्ने गरी अध्यादेश ल्याएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय खोल्न अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हाे ।

वीरगञ्जमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय खोल्नेगरी मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष बुझाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *