काठमाडौं । जनता समाजवादी पार्टीले राजनीतिक प्रतिशोधको आधारमा प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको आरोप लगाएको छ ।
‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापा मारेको आरोप जसपाले लगाएको छ । सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्याउने काम अख्तियारले गरेको भन्दै जसपाले छापा मार्ने काम आपत्तिजनक र दूराशयपूर्ण भनेको छ ।
‘बेटी पढाउ, बेटी बचाउ’अन्तर्गत छात्राहरुलाई वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो ।




