राजनीति

प्रदेश २ : नेकपा एस संसदीय दलको नेतामा शत्रुधन महतो

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतोलाई चयन गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सनाखत गरेलगत्तै संसदीय दलको नेतामा महतोलाई चयन गरिएको नेकपा एसका सांसद प्रमोद यादवले जानकारी दिए । उनकाअनुसार दलका उपनेता र प्रमुख सचेतक भने चयन गर्न बाँकी छ ।

नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । महतो नेकपा एसमा पुगेपछि एमालेले संसदीय दलका नेता भने चयन गरेका छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *