समाचार

नक्कली नेपाली नोटसहित ५ जना पक्राउ

बारा । प्रहरीले बाराको निजगढबाट नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।

शनिबार पक्राउ परेको भएपनि प्रहरीले आइतरबार मात्रै सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोलका सुनिलकुमार राम, रवीन्द्रकुमार चौधरी, बारा करैयामाई गाउँपालिका–५ का विशेश्वरप्रसाद चौधरी, कलैया उपमहानगरपमालिका–९ रामपुर टोलका सागर शुक्ला र बिश्रामपुर गाउँपालिका– ५ इटियाही टोलका राजु कुशवाहा छन् ।

उनीहरुलाई निजगढ–८ को तारा ईन होटेलबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । केन्द्रीय अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *