देश

कलाकार युवराज लामाकाे हाेटलबाट नक्कली नाेटका काराेवारी पक्राउ

काठमाण्डाैं । कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामाकाे हाेटलबाट नक्कली नाेटका काराेवारी पक्राउ परेका छन। बाराको निजगढस्थित होटल ‘तारा इन’बाट प्रहरीले ५ जना नक्कली नोटका कारोबारी पक्राउ गरेको छ। उक्त गिरोहकै अर्का एक सदस्यलाई भने रौतहटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रौतहटबाट रकमसहित पक्राउ गरिएको थियो।

होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले विशेष व्युरोको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उक्त गिरोहले झन्डै ९३ लाख नक्कली रकम तयार पारेको प्रारम्भिक बुझाई छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *